शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
मह भिरमा रक क्लाइम्बिङ (तस्बिरहरू)
पर्यटन प्रवर्द्धन

मह भिरमा रक क्लाइम्बिङ (तस्बिरहरू)

बिहीबार, ०५ पुस २०८०

सोलु । साहसिक खेल मध्यको एक रक क्लाइम्बिङ अब सोलुखुम्बुको माप्य दुधकोशीमा पर्ने मह भिरमा गर्न पाइने भएको छ । गत हप्ता मात्र माप्य दुधकोशी गाउँपालिकाको वडा न ५ रोकामा पर्ने मह भिरमा रक क्लाइम्बिङको उद्घाटन गरिएको छ । 

रक क्लाइम्बिङ सेन्टरको विश्वको सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गर्ने विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पाले शुभारम्भ गरेका हुन्। माप्य दुधकोशी र ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपालको सहकार्य र माउन्टेन गाइड एसोसिएसन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो ।

उक्त भिर १२० मिटर अग्लो रहेको छ । माप्य दुधकोशी र माउन्टेन गाइड एसोसिएसन अफ नेपालको सहकार्यमा उक्त रक क्लाइम्बिङ सेन्टरमा विभिन्न वडाहरूबाट गरी १२ जना स्थानीय युवा हरूलाई रक क्लाइम्बिङको आधारभूत तालिम पनि दिइएको छ । 

पूर्ण तालिमका लागि दुई महिना लाग्ने भएकाले अहिलेलाई आधारभूत तालिम मात्र दिइएको माउन्टेन गाइड एसोसिएसन नेपालका अध्यक्ष संजिव गुरुङले जानकारी दिए । 

मह भिरको भविष्य निकै राम्रो रहेको ट्रेकिङ्ग एजेन्सी एसोसिएसन नेपाल का अध्यक्ष निलहरि बास्तोलाले बताए । उनले सोलुखुम्बुको पर्यटनमा मह भिरको रक क्लाइम्बिङ सेन्टर थप टेवा पुराउने बताए । खतराबाट बच्न र क्लाइम्बिङ गर्नेहरूबाट उद्धारमा समेत सहयोग पुग्ने यो तालिम आफ्नो गाउँपालिकामा गराउने अवसर पाएकोमा माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राई निकै खुसी छन् । 

सगरमाथा क्षेत्रमा जोडिने सडक खण्डको छेउमै मह भिर भएकाले व्यापारिक प्रवर्धनमा पनि माप्य दुधकोश गाउँपालिका स्थानीय देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया