सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट नेपालमा चोरीका फोन ल्याएर बेच्ने गिरोहका नाइके पक्राउ

बिहीबार, ०५ पुस २०८०, ११ : १८
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ। भारतीय प्रहरीहरुले नयाँ दिल्लीबाट चोरीका फोनहरु नेपालमा ल्याएर बेच्ने एउटा गिरोहको नाइकेलाई समातेका छन् । प्रहरीले १२४ वटा फोन र १९ लाख भारु नगद पनि जफत गरेका छन् । यो गिरोहले चोरहरुबाट फोन लिएर फोन मर्मत गरेर ‘लूक’ फेर्थे । अनि त्यो फोनलाई महँगो मूल्यमा नेपालमा बेच्थे ।

यो गिरोहका मुख्य नाइके ३७ वर्षीय अलि हुसनलाई प्रहरीले पक्राउ गरेको छ । फोन चोरीका घटनाहरुबारे अनुसन्धान गर्ने क्रममा गिरोहका सदस्यहरुले फोन नेपाल पठाउने गरेको थाहा पाए । यही जानकारीका आधारमा चोरीका फोन करोल बागमा संकलन गर्ने काम भइरहेको आफूहरुले थाहा पाएको प्रहरीको अपराध शाखाका विशेष कमिशनर रभिन्द्र सिंह यादवले बताए । प्रहरीले हुसेनमाथि निगरानी राखिरहेको थियो । उनले स्थायी घरमा फोनहरु लुकाएका थिए भने आफू चाँहि भाडाको घरमा बस्थे ।

प्रहरीले हुसेनको साथबाट ८ थान फोन फेला पारेको थियो । सोधपुछको क्रममा हुसेनले देवनगरस्थित आफ्नो घरमा १२०–१३० थान फोन र १९ लाख भारु नगद लुकाएर राखेको बताए । उनले भनेका ठाउँबाट प्रहरीले ११६ थान फोन र नगद फेला पारेका थिए । हुसेनका दाई इफ्रानले चोरीको मोबाइल बेचबिखन गर्थे । उनको मृत्यु पछि हुसेन आफैं यो गैरकानूनी व्यवसायमा सामेल भए । विगत ३ वर्षदेखि उनले दिल्ली–एनसीआरबाट चोरीका फोनहरु संकलन गरेर महँगो पैसामा ती फोन नेपालमा बेच्दै आएको एक प्रहरी अधिकारीले भनेका छन् ।

फोन मर्मत गर्ने पसलमा हुसेनले फोनको लक हटाउन लगाउँथे, कभर र स्क्रिन प्रोटेक्टर्स फेर्थे अनि नयाँ जस्तै बनाएर नेपाली क्रेतालाई बेचिदिन्थे । एउटै फोनबाट हुसेनले १ हजार ५०० देखि २ हजार ५०० भारुसम्मको नाफा लिने गरको बताइएको छ । यो गिरोहले ४०/४० थान फोनहरु राखिएको ब्यागहरु बनाउने गरेको प्रहरीले बताएको  छ । यो ब्यागलाई पयर्टक बसमा राखेर दिल्लीबाट नेपाल पठाइन्थ्यो । गिरोहका बाँकी सदस्यलाई समात्न प्रहरीले छापा मारिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप