कांग्रेसले मधेसलाई साथ दिएको छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको बताएका छन् । बिहीबार धनुषामा कांग्रेस मधेस प्रदेश सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘मधेस कांग्रेस साथमा उभिएपछि कांग्रेस बलियो भएको छ । कांग्रेसले पनि मधेसलाई साथ दिएको छ ।’ कांग्रेसले मधेसलाई विश्वासमा लिएर जाने प्रयास गरेको बताउँदै महामन्त्री शर्माले कांग्रेसले प्रदेशलाई प्राथमिकता दिएकोबताए । ‘कांग्रेसले पहिला राष्ट्रपतिका रुपमा मधेसका रामवरण यादवलाई शितल निवास पठायो । कांग्रेस मधेसको पनि कुरा गर्छ । पहाडको पनि कुरा गर्छ । पहाडको पानीले मधेस सिञ्चित गर्नुपर्छ ।’
उनले मधेसको सामाजिक विकृति र विसंगतिविरुद्ध युवा जुरुक्क उठ्नुपर्नेमा समेत जोड दिए । शर्माले मधेसको आत्मासम्मानमा कांग्रेस सतिशाल भएर उभिने समेत बताए । उनले भने, ‘मधेस मुस्कुराउनु पर्छ । मुस्कुराउँदा दागरहित मुहारमा मधेस मुस्कुराउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण