श्रीलङ्कामा कालोबजारीविरुद्ध ८ लाख अमेरिकी डलर जरिवाना सङ्कलन
कोलम्बो । श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण (सीएए) ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना सङ्कलन गरेको जनाएको छ ।
प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन विपरीत गरिएका कारोबारविरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।
कारबाही पर्नेहरूमा प्रायः चर्को मूल्यमा सामान बेच्ने, कृत्रिम तरिकाले अभाव देखाउन मौज्दात राख्ने, म्याद नाघेका सामान बेच्ने र मूल्य अङ्कित नगरी सामान बेच्ने लगायतका छन् ।
चाडपर्वलाई ध्यानमा राख्दै यो महिना हालसम्म एक हजार १८५ छापा मारिएको छ । हरेक वर्ष क्रिसमस र नयाँ वर्षका समयमा उपभोक्तालाई ठग्ने गतिविधि व्यापक बढेको पाइन्छ ।
आर्थिक मन्दीले ग्रस्त श्रीलङ्काले कालोबजारी विरुद्ध निर्मम तरिकाले कारबाही अगाडि बढाएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण