आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा कालोबजारीविरुद्ध ८ लाख अमेरिकी डलर जरिवाना सङ्कलन

बिहीबार, ०५ पुस २०८०, २० : ११
बिहीबार, ०५ पुस २०८०

कोलम्बो । श्रीलङ्काको उपभोक्ता मामिला प्राधिकरण (सीएए) ले बिहीबार यस वर्षको शुरुदेखि तेस्रो हप्तासम्म गरिएको छापामारीमा करिब २६ करोड रुपैयाँ (८ लाख अमेरिकी डलर) जरिवाना सङ्कलन गरेको जनाएको छ । 

प्राधिकरणका अध्यक्ष शान्था निरिएलाले उपभोक्ता ऐन विपरीत गरिएका कारोबारविरुद्ध २२ हजार स्थानमा छापा मारी कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।  

कारबाही पर्नेहरूमा प्रायः चर्को मूल्यमा सामान बेच्ने, कृत्रिम तरिकाले अभाव देखाउन  मौज्दात राख्ने, म्याद नाघेका सामान बेच्ने र मूल्य अङ्कित नगरी सामान बेच्ने लगायतका छन् ।

चाडपर्वलाई ध्यानमा राख्दै यो महिना हालसम्म एक हजार १८५ छापा मारिएको छ । हरेक वर्ष क्रिसमस र नयाँ वर्षका समयमा उपभोक्तालाई ठग्ने गतिविधि व्यापक बढेको पाइन्छ । 

आर्थिक मन्दीले ग्रस्त श्रीलङ्काले कालोबजारी विरुद्ध निर्मम तरिकाले कारबाही अगाडि बढाएको छ ।-(रासस-सिन्ह्वा)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप