नदीमा दुई जनाको शव फेला
बेनी । म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ । यही पुस ३ गते बिहानदेखि सम्पर्कविहीन भएकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए । सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको थियो ।
बुधबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नं २ भुरुङ तातोपानीमा बसोबास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोचमा मृत अवस्थामा फेला परेका छन् । पुस २ गते भुरुङ तातोपानीबाट पोखरेबगरतर्फ मोटरसाईकलमा जाँदै गरेका घर्ती सम्पर्कविहीन भएका थिए ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी, घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्दा नौनिबगरस्थित कालीगण्डकी नदीको खोँचमा घर्तीको शव फेला पारेको सूचना अधिकारी झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण