विपद् जोखिम प्राधिकरणका अधिकृतविरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । ‘सेटिङ’ मिलाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक जना अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्राधिकरणमा कार्यरत अधिकृत तारा बहादुर कुँवरविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । कुँवर यसअघि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत नरवीर खड्कासँग कुँवरको ‘कनेक्सन’ देखिएको छ । खड्कालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । रुकुम घर भएका कुँवरले आफू सरुवा भएपछि भिजिट भिसामा विदेश पठाउने गिरोहसँग नरबिरलाई चिनजान गराएर ‘सेटिङ’मा सहयोग गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
कुँवर १ वर्ष विमानस्थल अध्यागमनमा काम गरेर प्राधिकरणमा सरुवा भएका हुन् । सो प्रकरणमा नरवीर र नेपाल वायुसेवा निगममा कार्यरत ३ जना अधिकृतहरु थुनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण