लुम्बिनीलाई हराउन सुदूरपश्चिमले ७२ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन शुक्रबार खेलिएको खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि ७२ रनको लक्ष्य दिएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेट गुमाएर ७१ रन बनाएको हो ।
लुम्बिनीका लागि सरस्वती पुनले सर्वाधिक १९ रन बनाइन् । चौथो नम्बरकी ब्याटर सरस्वतीले ३० बलमा तीन चौका पनि हिर्काइन् । ओपनर आसमा पुलामी मगरले पनि टोलीको खातामा १६ रन थपेकी थिइन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले २४ बलमा दुई चौका हिर्काइन् ।
सातौँ नम्बरकी ब्याटर सुस्मिता बजगाइँले पनि १४ रन जोडिन् । उनले १९ बलमा दुई चौका प्रहार गरिन् । लुम्बिनी प्रदेशका अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा ६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशकी बलर लक्ष्मी साउदले दुई विकेट लिइन् । इश्वरी बिष्ट, अनु कडायत र
रितु कनौजियाले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण