‘क्रस फायरिङ’ भन्दा बाहिरको हत्यालाई गम्भीर मानव अधिकार उल्लंघनको विषय बनाउनुपर्छ : सचेतक बर्तौला
काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा लिनुपर्ने बताएका छन् ।
शुक्रवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सचेतक बर्तौलाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउँदै गर्दा गम्भीर मानव अधिकार उल्लंघनको विषयलाई कमजोर ढंगबाट बुझ्नु नहुने बताएका हुन् । उनले दोहोर भीडन्तभन्दा बाहेक मानिसको हत्या भएको अवस्थामा त्यसलाई मानव अधिकारको गम्भीर उल्लंघनको रुपमा लिनुपर्ने बताए । त्यस्तैगरी, विधेयकमा युद्धमा संलग्न बालबालिकाहरुको विषय पनि समेटिनुपर्ने उनले बताए । युद्धमा संलग्न बालबालिकाहरुलाई परिपुरण र क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनको भनाई छ । उनले मानव अधिकार उल्लंघनको घटनामा मेलमिलाप हुन नसकेमा अदालती प्रक्रियामा जान सकिने व्यवस्था हुनुपर्ने बताए ।
सचेतक बर्तौलाले अदालतले गरेका कतिपय फैसलाहरु कार्यान्वयन नभएर पीडितले न्याय नपाएका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले फैसला कार्यान्वयन निर्देशनालयको रिपोर्ट अनुसार १ लाख ९ हजार वर्ष कैद असुली गर्नुपर्ने र १९ अर्ब ३८ करोड रुपैयाँ जरिवाना असुली गर्नुपर्ने अवस्था रहेको भन्दै फैसला कार्यान्वयन गराउन सम्बन्धित निकायले पहलकदमी लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण