‘मिसेस् नेपाल युनिभर्स’ विमलाले गरिन् अनाथ बालबालिकालाई सहयोग

लन्डन । ‘मिसेस् नेपाल युनिभर्स २०२३’ तथा ‘मिसेस् ह्युम्यानिटी’ विजेता विमला बुढाथोकीले अनाथ बालबाटिका सङ्घ नेपाललाई सहयोग उपलब्ध गराएकी छन् ।
च्यारिटीबाट सङ्कलित र आफ्नो तर्फबाट केहि रकम थप गरी उनले सङ्घका बालबालिकालाई लत्ताकपडालगायत सामाग्री सहयोग गरेकी हुन् ।
बालबालिकालाई जाडोमा लगाउने कपडा, खाद्य सामग्रीका साथै औषधि उपचारका लागि २० हजार रुपैयाँ नगद सहयोग गरेको विमलाले जनाइन् ।
सहयोग सामग्री उनका मामा राम थापाले हस्तान्तरण गरेका थिए । उनले पठाएको सहयोगबाट ट्रयाकसुट, गोल्डस्टार जुत्ता, स्कुल युनिफर्म तथा खाद्यान्न जस्ता सामाग्री प्रदान गरिएको हो।
सङ्घकी अध्यक्ष श्रीमती रिता राईको अनुरोधमा सहयोग उपलब्ध गराएको र यसबाट अन्य सहयोगी हातहरूलाई पनि प्रोत्साहन मिलोस् भन्ने आफ्नो चाहना रहेको विमलाले बताइन् ।
राईले जाडो समयमा न्यानो लुगा उपलब्ध गराइदिएकोमा सङ्घ र बालबालिकाले विमलालाई आभार तथा धन्यवाद व्यक्त गरेका छन् । यस अघि पनि पटक पटक सहयोग गर्दै आएकी विमलाले गत वर्ष बालबालिकालाई भोजन गराएकी थिइन् ।
भावी दिनमा पनि आफ्नो सहयोग निरन्तर रहने उनले बताइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आबद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् ।
सन् २०२३ अक्टोबर १ देखि ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस् युनिभर्स २०२३ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् ह्युम्यानिटी २०२३’ को उपाधि जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’
-
देशको राजनीतिक अवस्था नाजुक बनिरहेको छ : पूर्व उपराष्ट्रपति पुन
-
प्रधानमन्त्रीसमक्ष नाष्टको सेवा आयोगको प्रतिवेदन पेस
-
ऋणको बदला एक महिनालाई श्रीमती मागेपछि घाँटी थिचेर हत्या
-
झगडै झगडामा ढुङ्गाले टाउकोमा हानेर श्रीमतीको हत्या