शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आज दुई संसदीय समितिको बैठक बस्दै

आइतबार, ०८ पुस २०८०, ०८ : १९
आइतबार, ०८ पुस २०८०

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल गरिने कार्यसूची छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप