स्वारेज भन्छन्- ‘फेरि मेस्सी, बुस्केट्स र अल्बासँगै खेल्न आतुर छु’
काठमाडौँ । उरुग्वेका प्रभावशाली फुटबलर लुइस स्वारेजले आफ्ना पूर्वसहकर्मीहरुसँग फेरि एकसाथ मैदानमा ओर्लन आफू आतुर रहेको बताएका छन् । उनले खेल मैदानमा लियोनल मेस्सी, सर्जियो बुस्केट्स र जोर्डी अल्बासँग आफ्नो गजबको तालमेल रहेको प्रतिक्रिया पनि दिएका छन् ।
मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएपछि ३६ वर्षीय स्ट्राइकर स्वारेजले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनी सन् २०२४ को सिजनका लागि इन्टर मियामीमा आबद्ध भएका हुन् । उनी ब्राजिलियन क्लब ग्रेमियोबाट इन्टर मियामी पुगेका हुन् ।
मेस्सी, बुस्केट्स र अल्बाले भने यसअघि नै इन्टर मियामीबाट खेल्दै आएका छन् । यी चारैजना खेलाडी कुनै समय स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट एकसाथ व्यावसायिक फुटबल खेल्थे । ‘पूर्व सहकर्मीसँग भेट गर्न म निकै आतुर छु । हामी पुनः एकसाथ मैदानमा ओर्लने छौँ । वास्तवमै त्यो रोमाञ्चक क्षणका लागि पनि म आतुर छु,’ उनले भनेका छन् ।
स्वारेजले आयाक्स, एथलेटिको म्याड्रिडलगायतका क्लबलाई पनि घरेलु लिगको उपाधि जिताइसकेका छन् । अघिल्लो सिजन उनकै उत्कृष्ट प्रदर्शनमा ब्राजिलियन लिगमा ग्रेमियो दोस्रो भएको थियो । उनले ग्रेमियोका लागि ३३ खेल खेल्दै १७ गोल गरेका थिए । उनी ब्राजिलियन लिगको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।
‘इन्टर मियामीमा आबद्ध हुनु मेरा लागि चुनौती पनि हो । क्लबलाई नयाँ उचाइमा पु¥याउन आफ्ना पूर्वसहकर्मीहरुसँग मिलेर सक्दौ प्रयास गर्नेछु । मैदानमा सधैं हामीबिच गजबको तालमेल पनि हुने गरेको छ । यसले इन्टर मियामीलाई पनि पक्कै फाइदा पुर्याउने छ,’ उनी भन्छन् ।
आफ्नो समयका प्रभावशाली स्ट्राइकर स्वारेजले मेस्सी, बुस्केट्स र अल्बासँग मिलेर सन् २०१५ देखि सन् २०१९ को बिचमा बार्सिलोनालाई चारवटा ला लिगा उपाधि चुमाएका थिए । यी चार खेलाडीले मिलेर बार्सिलोनालाई च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि पनि जिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण