कर्मचारी संयन्त्र
संघीय मन्त्रालयलाई अन्य मन्त्रालयको अटेरी
६ महिना बित्दा पनि प्रशासन महाशाखा र शाखा प्रमुखको विवरण दिएनन्
आइतबार, ०८ पुस २०८०, १२ : १६
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक कर्मचारी विवरण पठाउन अन्य मन्त्रालयलाई परिपत्र गर्दा पनि अटेर गर्दै आएपछि पुनः परिपत्र गरेको छ । ६ महिनाअघि तत्कालीन मन्त्री अमनलाल मोदीको कार्यकालमा अन्य मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख (सहसचिव) र शाखा प्रमुख (शाखा अधिकृत) अधिकृतको विवरण माग्न परिपत्र गरेको थियो ।
अहिलेसम्म मन्त्रालयहरूले आनाकानी गरेपछि संघीयले पुनः गत शुक्रवार फेरि परिपत्र गरेको छ । संघीयले अन्य मन्त्रालयसँगै सचिवालय र आयोगहरूलाई समेत परिपत्र गरेको छ ।
संघीय मन्त्रालयका उपसचिव रामदत्त पाण्डेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘ त्यहाँ कार्यरत कर्मचारी प्रशासन महाशाखा प्रमुख र शाखा प्रमुखको विवरण मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा र सफ्ट कपी मन्त्रालयको इमेलमा पठाइदिनुहुन अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण