शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : बागमती प्रदेशसँग हार्‍यो गण्डकी प्रदेश

आइतबार, ०८ पुस २०८०, १६ : ३९
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । तीन खेल खेलेको बागमती प्रदेशको यो दोस्रो जित हो । एक खेलमा भने बागमती पराजित भएको थियो । तीन खेल खेलेको गण्डकी प्रदेशले दोस्रो हार भोगेको हो । एक खेलमा भने गण्डकी विजयी भएको थियो ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय १२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाएर एकसय १६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।

बागमती प्रदेशको जितमा यशोदा बिष्टले अविजित ३९ रनको योगदान गरिन् । उनले ४१ बलमा चार चौका पनि हिर्काइन् । सोनी पाख्रिनले १७ र कञ्चन श्रेष्ठले १२ रन जोडे । बागमती प्रदेशले अतिरिक्त रुपमा १८ रन पाएको थियो । यशोदा पाण्डे आठ रनमा अविजित रहिन् । गण्डकीकी बलर सृष्टि जैशीले दुई र आकृती तिवारीले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि ओपनर अञ्जली विश्वकर्माले ३२ रन बनाएकी थिइन् । उनले ४२ बलमा चार चौका पनि हिर्काइन् । सिमाना केसीले २८ रन बनाएकी थिइन् । सुमन खतिवडाले पनि अविजित २८ रन बनाएकी थिइन् । सृजना पौडेल ११ रनमा आउट भइन् । बागमती प्रदेशका बलर करिश्मा गुरुङ, अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक–एक विकेट लिए । उक्त खेलमा यशोदा बिष्ट प्लेयर अफ दी म्याच घोषित भइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप