सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
महान्यायाधिवक्ता कार्यालय स्थापना दिवस

प्रधानन्यायाधीशले रिसाउँदै भने– कर्मचारीको तरिका यही हो ?

आइतबार, ०८ पुस २०८०, १७ : ०८
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सरकारी वकिलहरूलाई गाली गर्दै कर्मचारीको तरिका यही हो भन्दै आपत्ति जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाएका हुन् ।

प्रमुख अतिथिका रूपमा उपस्थित प्रधानन्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाउँदै कर्मचारीको व्यवहारप्रति प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस् । प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको ? कर्मचारीको के तरिका हो यो ? अनुशासन भन्ने हुँदैन ?’ 

कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको थियो । 


यस्तो छ प्रधानन्यायाधीश श्रेष्ठको लिखित भाषण

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप