प्रधानन्यायाधीशले रिसाउँदै भने– कर्मचारीको तरिका यही हो ?
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सरकारी वकिलहरूलाई गाली गर्दै कर्मचारीको तरिका यही हो भन्दै आपत्ति जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको स्थापना दिवसमा कर्मचारीले हल्ला गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाएका हुन् ।
प्रमुख अतिथिका रूपमा उपस्थित प्रधानन्यायाधीश श्रेष्ठले मन्तव्य राखिरहेको समयमा महान्यायाधिवक्ता कार्यालय मातहतका कर्मचारीहरूले साइड टक गरेपछि प्रधानन्यायाधीश श्रेष्ठले आपत्ति जनाउँदै कर्मचारीको व्यवहारप्रति प्रश्न गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘के हल्ला गरिरहेको हो, यता सुन्नुहोस् । प्रमुख अतिथिले मन्तव्य राखिरहेको बेलामा हल्ला गरेर के गरेको ? कर्मचारीको के तरिका हो यो ? अनुशासन भन्ने हुँदैन ?’
कार्यक्रममा पछि महान्यायाधिवक्ता कार्यालयले माफी मागेको थियो ।
यस्तो छ प्रधानन्यायाधीश श्रेष्ठको लिखित भाषण




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण