अफगानिस्तानमा २०० जातीय द्वन्द्व एक वर्षभित्र समाधान गरिए
काबुल । अफगानिस्तानमा लामो समयदेखि चलिरहेका करिब २०० जातीय द्वन्द्व एक वर्षभित्र समाधान गरिएका छन् ।
अफगानिस्तानको कामचलाउ सरकारको सीमा तथा जनजाति मामिला मन्त्रालयले विगत एक वर्षमा झण्डै २०० जातीय द्वन्द्व समाधान गरेको दाबी गरेको छ ।
टोलोन्युजले मन्त्रालयका एक जना अधिकारीलाई उद्धृत गर्दै आइतबार जनाए अनुसार अहिलेसम्म १९७ वटा जातीय द्वन्द्व समाधान भइसकेको छ र थप १०० भन्दा बढी समाधानको प्रक्रियामा छन् । यी जातीय द्वन्द्वहरू सकेसम्म चाँडो समाधान गर्ने प्रयास गरिरहेको मन्त्रालयका प्रवक्ता हमदुल्लाह फितरातलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन्।
पछिल्लो चरणमा पूर्वी नुरिस्तान प्रान्तमा विगत ४१ वर्ष देखिको द्वन्द्व समाधान गरिएको मन्त्रालयको दाबी छ ।
थुप्रै जाति, भाषा, धर्म र जनजातिहरूको बसोबास रहेको अफगानिस्तानले चार दशक भन्दा बढी लामो समयदेखि गृहयुद्धको गहिरो पीडा भोगेको छ । गृहयुद्धबाट हजारौ निहत्था जनातले ज्यान गुमाउन विवश भएका छन् भने, ठूलो राशीको क्षति भएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण