मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

फारवेष्ट पशुपति कप : नेपाल प्रहरी र पुनर्वास युनाइटेड विजयी

आइतबार, ०८ पुस २०८०, २० : ५६
आइतबार, ०८ पुस २०८०

कैलाली । धनगढीमा जारी फारवेष्ट पशुपति कप, २०८० फुटबल प्रतियोगिताको आजको खेलमा नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशले ब्वाइज युनियन लम्कीलाई १–० गोलले पराजित गरेको छ । 

जितसँगै नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश, प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । प्रहरीको जितमा एक मात्र गोल प्रदीप बोगटीले गरे । उनले खेल सुरु भएको आठौँ मिनेटमा गोल गरेका हुन् । खेलमा म्यान अफ द म्याच घोषित प्रदीपले रु पाँच हजारको पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत आजै भएको अर्को खेलमा पुनर्वास युनाइटेडले ग्रीन युथ क्लबलाई १–० गोलले पराजित गरेको छ । पुनर्वास पनि अन्तिम आठमा पुगेको छ । पुनर्वासको जितमा विदेशी खेलाडी काइटेमोन गाइडेनले पहिलो हाफको २६औँ मिनेटमा गोल गरे । 

उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ द म्याच घोषित भई रु पाँच हजार पुरस्कार पाए । प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बिसिए–१५ फुटबल एकेडेमी र सशस्त्र प्रहरी बलको ७  नम्बर बाहिनीका बिच र दोस्रो खेल विदेशी टोली सिएफसी कोलकत्ता र सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका बीच हुने कार्यतालिका छ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडी जनही रु १५ हजार प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप