कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग
काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले करार सेवामा कार्यरत कृषि तथा पशु विकास अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै परियोजनाले १५ दिन भित्र आवेदन बुझाउन आह्वान गरेको हो ।
सूचनामा भनिएको छ,‘ लोक सेवा आयोगको केन्द्रीय कार्यालयले आर्थिक वर्ष २०७९/८० मा संचालन गरेको नेपाल कृषि सेवाका ( कृषि र पशुपन्छी विकास क्षेत्रतर्फ) राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत वा सो सरहका पदमा स्थायी पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरू र विभिन्न प्रदेश लोक सेवा आयोगहरूबाट कृषि सेवा तर्फका कृषि / पशु विकास अधिकृत वा सो सरहका पदमा पदपूर्तिका लागि सिफारिस गर्ने क्रममा वैकल्पिक तथा अस्थायी योग्यता क्रम सूचिमा रहेका उम्मेदवारहरूले यस परियोजना अन्तर्गत करार सेवामा काम गर्नु इच्छुक भएमा सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र परियोजना व्यवस्थापन एकाइ खुमलटार ललितपुरमा सम्पर्क राख्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण