कोशी प्रदेशले एपीएफ क्लबलाई दियो ८५ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा कोशी प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि ८५ रनको लक्ष्य दिएको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ओभरमा दुई विकेट गुमाएर ८४ रन बनायो ।
कोशी प्रदेशका लागि ओपनर रुबिना क्षेत्रीले ४१ रनको योगदान गरिन् । टोलीको कप्तानसमेत रहेकी रुबिनाले ५८ बलमा ६ चौका पनि हिर्काइन् । रुबिना र काजल श्रेष्ठले ओपनिङ विकेटका लागि ६३ रनको साझेदारी गरे ।
काजलले पनि टोलीका लागि अविजित अविजित २५ रनको योगदान गरिन् । उनले ४६ बलमा एक चौका प्रहार गरिन् । अप्सरी बेगमले १५ बलमा १३ रन बनाइन् । सबनम राई एक रनमा अविजित रहिन् ।
कोशी प्रदेशले अतिरिक्त रुपमा पनि चार रन पाएको थियो । एपीएफ क्लबकी बलर करुणा भण्डारी र सोनु खड्काले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण