आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वृद्धि गरिएको तालिम शुल्क तत्काल फिर्ता गर्न ट्रेड युनियन कांग्रेसको माग

सोमबार, ०९ पुस २०८०, १६ : ५०
सोमबार, ०९ पुस २०८०

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले अभिमुखीकरण तालिमको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको नाममा लिइने शुल्क वृद्धि गरेको प्रति आपत्ति जनाएको हो । उक्त शुल्क वृद्धि तत्काल फिर्ता लिन भनेको हो । युनियनले एक विज्ञप्ति जारी गर्दै श्रम मन्त्रालयले श्रमिकको हितविपरित शुल्कका विषयमा गरेको निर्णयहरू तत्काल फिर्ता लिन भनेको हो ।

अभिमुखीकरण तालिमको शुल्क वृद्धि, कोरिया जाने श्रमिकले एलजीको पोष्टपेड सिम कार्ड र अनिवार्य अंग्रेजी भाषा उत्तीर्ण गर्नुपर्ने मन्त्रालयको निर्णयको विरोध गर्दै तत्काल फिर्ता लिन भनेको हो ।

युनियनका महासचिव अयज कुमार राईले साहुको चर्को ब्याज र आफ्नो खेतबारी बन्धकी राखेर ऋण लिई वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि थप व्ययभार थप्ने कार्य गलत भएको बताए । उक्त निर्णयहरू तत्काल फिर्ता लिनुपर्ने बताए ।  

ट्रेड युनियन कांग्रेसले आफ्ना नागरिकलाई देशभित्र नै मर्यादित रोजगारी सिर्जना गर्न समेत माग गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप