भक्तपुरमा स्कुल बसको ठक्करबाट ३ जना घाइते

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–९ स्थित भात्तेढिकुरमा नोबल एकेडेमीको बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । सुर्यबिनायकबाट साँगा तिर जाँदै गरेको बा२क २७३२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर किशोर ढुंगानाले रातोपाटीलाई बताए ।
नोबल एकेडेमी काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित छ । दुर्घटनामा परेर मोटरसाइकल चालक श्रीकृष्ण कपाली, उनकी पत्नी प्रिया कपाली र छोरा प्रशन्न कपाली घाइते भएका छन् । घाइतेहरुको डा. इवामुरा अस्पतालमा उपचार हुँदै छ । बसले बा.३६ प २२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा संलग्न बसका चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ घर भएका ३१ वर्षीय राजकुमार रोम्बालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको इन्स्पेक्टर ढुंगानाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?