विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई सहयोग गर्छौ : मन्त्री आचार्य
जाजरकोट । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।
भूकम्पपीडितको अवस्था बुझ्न आज भेरी नगरपालिका–१ रावतगाउँ पुगेका मन्त्री आचार्यले वर्षा सुरु हुनुभन्दा पहिले नै पालमुनि रहेका भूकम्पपीडितलाई अस्थायी आवासमा सार्ने सरकारको योजना रहेको बताए ।
भूकम्प गएको ३६ घण्टाभित्रै प्रभावित क्षेत्रमा पुगेर खोज, उद्धार, उपचार, राहत वितरणजस्ता कार्यमा नेपाल सरकारलाई सहयोग गर्दै आएको सेभ द चिल्ड्रेन र सेभ द चिल्ड्रेनसँग साझेदार स्थानीय सङ्घसंस्थालगायत विभिन्न दातृ निकाय तथा दातालाई मन्त्री आचार्यले धन्यवाद दिए ।
मन्त्री आचार्यसँगै भूकम्पपीडितको अवस्थालाई बुझ्न रावतगाउँ पुगेका भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले राहत वितरण, अस्थायी आवास निर्माणसँगै पुनःनिर्माणलाई सँगसँगै बढाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण