बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितका लागि नेविसंघले दियो ७ लाख ११ हजार

बुधबार, ११ पुस २०८०, ०९ : ४५
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । 

समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले सङ्कलन गरी एकमुष्ट ७ लाख ११ हजार रुपैयाँ रकम भूकम्प पीडितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए । नेविसंघका नेताहरूले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 

पाण्डेका अनुसार नेविसंघले यसअघि भूकम्प प्रभावित क्षेत्रमै पुगेर हेल्थ क्याम्प सञ्चालन गरेको थियो भने विद्यालयहरूको पुनर्निर्माणका लागि समेत अभियान सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री दाहालसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेको छ । 

मंगलबारमात्रै प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने घोषणा गरेका थिए । अर्को बिहानै नेविसंघले प्रधानमन्त्रीलाई भेटेर उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा गर्न माग गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप