शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राजमती र ममताको अर्धशतकसँगै एपीएफले १६१ रनको लक्ष्य दियो कर्णाली प्रदेशलाई

बुधबार, ११ पुस २०८०, ११ : ०८
बुधबार, ११ पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउनका लागि एक सय ६१ रन बनाउनुपर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ रोजेको एपीएफले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ६० रन बनाएको हो ।

एपीएफ क्लबका लागि ओपनर ब्याट्र राजमती ऐरी र ममता चौधरीले एक सय १७ रनको महत्त्वपूर्ण साझेदारी गरे । ममताले टोलीका लागि ६२ रनको योगदान गरिन् । रन आउट भई पेभेलियन फर्किनुअघि उनले केवल ५५ बलको सामना गरी आठ चौका पनि हिर्काइन् ।

राजमतीले पनि टोलीका लागि अर्धसतकीय पाली खेलिन् । उनले टोलीको खातामा ६७ रन थपिन् । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएकी उनले केवल ५५ बलको सामना गरी दुई छक्का र नौ वटा चौका पनि प्रहार गरिन् ।

एपीएफका लागि रोमा थापाले पनि अविजित १४ रनको योगदान गरिन् । उनले नौ बलमा दुई चौका प्रहार गरिन् । मञ्जु बोकाटी एक रनमा अविजित रहिन् । एपीएफ क्लबले अतिरिक्त रूपमा पनि १६ रन पाएको थियो । कर्णाली प्रदेशका कुनै पनि बलर प्रभावकारी देखिएनन् । तृष्णा विश्वकर्माले एक विकेट लिइन् । अधिकांश बलरले २५ भन्दा बढी रन खर्चिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप