बाल उपन्यास 'परेलिमा एण्ड द टमी मोन्स्टरू'को बुटवलमा विमोचन
बुटवल । अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास 'परेलिमा एण्ड द टमी मोन्स्टरू'को बुटवलमा विमोचन गरिएको छ। बुटवलको परिवेशमा आधारित बाल उपन्यासको हिमालय बुक हाउस मिलन चोकमा मनोचिकित्सक डा मनोज ढुङ्गाना र कवि गिरी श्रीसले संयुक्त रूपमा विमोचन गरेका छन् ।
हिमालय बुक हाउसले प्रकाशन गरेको अङ्ग्रेजी भाषामा लिखित उपन्यासमा फैसल शाक्यले चित्र कोरेका छन्। बाल मनोविज्ञानमा आधारित यो उपन्यास ७ वर्षमुनिका बालबालिका लक्षित गरिएको जनाएको छ ।
पुस्तक बालबालिकाले व्यक्त गर्ने डर र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपायको खोजी गर्छन् भन्ने विषयमा केन्द्रित रहेको छ ।
बालबालिकाको डर हटाउनका लागि मनोवैज्ञानिक रूपमा प्रेरित गर्ने मनोचिकित्सक डा. मनोज ढुङ्गानाले बताए। उनले यो पुस्तक बालबालिकाका साथै अभिभावकलाई पनि लाभदायी हुने बताए।
कवि गिरी श्रीसले बुटवलमै सिर्जना गरिएको यो पुस्तक हरेक बालबालिका र अभिभावकका लागि उपयोगी हुने बताए। प्रकाशक हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले बुटवलका लेखकले लेखेको किताब बुटवलमै प्रकाशन गरिएको र छपाई समेत बुटवलमै गरेको बताए। उनले बुटवललाई बाल साहित्यमा अगाडि बढाउनका लागि यो पुस्तक महत्त्वपूर्ण साबित हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण