मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५८ हजार जनालाई जनही ४० कित्ता सेयर

बुधबार, ११ पुस २०८०, १२ : १३
बुधबार, ११ पुस २०८०

काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बुधवार बाँडफाँट भएको छ । हात खाली नहुने कम्पनीको आईपीओमा १५ लाख ६४ हजार ५६४ आवेदकले कम्पनीको सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओका लागि कूल १५ लाख ७३ हजार २१९ जनाको आवेदन दिएका थिए । जसमध्ये १५ लाख ६४ हजार ५६४ आवेदन आईपीओका लागि योग्य भएको थियो भने बाँकी ८ हजार ६५५ आवेदन रद्द भएका छन् ।

१० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले मागे बमोजिम नै सेयर पाएका छन् भने बाँकी ५८ हजार ४२ जनाले थप १० कित्तासहित ४०÷४० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् ।

३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोला प्रथामा सहभागी गराएर गोला प्रथाबाट सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीले मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप