हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ५८ हजार जनालाई जनही ४० कित्ता सेयर
काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सको आईपीओ बुधवार बाँडफाँट भएको छ । हात खाली नहुने कम्पनीको आईपीओमा १५ लाख ६४ हजार ५६४ आवेदकले कम्पनीको सेयर हात पारेका छन् ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आईपीओका लागि कूल १५ लाख ७३ हजार २१९ जनाको आवेदन दिएका थिए । जसमध्ये १५ लाख ६४ हजार ५६४ आवेदन आईपीओका लागि योग्य भएको थियो भने बाँकी ८ हजार ६५५ आवेदन रद्द भएका छन् ।
१० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले मागे बमोजिम नै सेयर पाएका छन् भने बाँकी ५८ हजार ४२ जनाले थप १० कित्तासहित ४०÷४० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् ।
३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोला प्रथामा सहभागी गराएर गोला प्रथाबाट सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
कम्पनीले मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण