भूकम्पपीडितलाई २० लाख बराबरको सहयोग
काठमाडौँ । मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले भूकम्पपीडितलाई आज रू २० लाख बराबरका खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । गत कात्तिक १७ जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितलाई आज फाउन्डेसनले खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको हो ।
भूकम्प प्रभावित दुई सय ५० घरधुरीलाई प्रतिपरिवार एक बोरा चामल, पाँच किलो दाल, दुई किलो सोयाबिन, दुई किलो नुन र दुई लिटर तेलसहित न्यानो ब्ल्याङ्केट वितरण गरिएको । त्यस्तै चार सय बालबालिकालाई न्यानो कपडासहित जुत्ता वितरण गरिएको छ ।
भौगोलिक विकटताका कारण भूकम्प गएको दुई महिना बितिसक्न लाग्दासमेत जाजरकोटको ध्यार गाउँमा कुनै पनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको अवस्थामा उक्त सहयोगले कष्टपूर्ण जीवन बिताइरहेका भूकम्पपीडितलाई राहत पुग्ने आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले बताइन् ।
गायिका तथा समाजसेवी आनी छोइङ, मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक सञ्जिता गौतमलगायतको टोलीले राहत वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण