बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार

बुधबार, ११ पुस २०८०, १६ : १३
बुधबार, ११ पुस २०८०

इस्लामाबाद । पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ । 

कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।

“हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ”, मन्त्री इजाजले भने । 

यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलर (पाँच दशमलव तीन प्रतिशत) ले सुधार भएको देखाएको छ ।

विज्ञप्तिमा यसै अवधिमा आयातको आँकडा गत आर्थिक वर्षको सोही अवधिको २९ अर्ब २० करोड डलरबाट घटेर २४ अर्ब ३० करोड डलर भएको जनाइएको छ । यसले आयातमा वार्षिकरूपमा चार अर्ब ९० करोड डलरले घटेको देखाएको छ ।

मन्त्रालयका अनुसार इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, मडागास्कर र चीनसहित प्रमुख स्थानमा पाकिस्तानको निर्यातमा महत्त्वपूर्ण वृद्धि भएको छ । -(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप