न्युजिल्याण्डमा बंगलादेशको ऐतिहास जीत
नेपियर । बंगलादेशले न्युजिल्याण्डलाई पहिलो टी–२० खेलमा ५ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डलाई कुनै पनि टी–२० अन्तर्राष्ट्रिय खेलमा उसैको घरेलु मैदानमा बंगलादेशले हराएको यो पहिलो अवसर हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य बंगलादेशले ८ बल अगावै ५ विकेट क्षतिमा पछ्यायो । ओपनर लिटन दासले ३६ बलमा ४२ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए । सोम्य सरकारले २२ तथा कप्तान नजमुल होसेन सान्तो, मेहदी हसन र तोहिद हृदोयले १९–१९ रनको योगदान दिए ।
यसअघि पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्युजिल्याण्डलाई रोक्न शोरिफुल इस्लामले ३ तथा मेहदी हसन र मुस्तफिजुर रहमानले २–२ विकेट लिए ।
न्युजिल्याण्डका लागि जेम्स निसमले ४८ रन तथा कप्तान मिचेल स्यान्टनरले २३ रन बनाए । मार्क च्यापम्यानले १९ तथा एडम मिल्नेले १६ रनको योगदान दिए । तीन खेलको शृङ्खलाको दोस्रो खेल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण