एक सय सात वर्षीय घिमिरे नगर पिता घोषित

झापा । दमक नगरपालिकाले दमक–१ का एक सय सात वर्षीय धनञ्जय घिमिरेलाई नगर पिता घोषणा गर्दै सय वर्षमाथिका छ जनालाई ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
तेस्रो ज्येष्ठ नागरिक दिवसका अवसर पारेर नगरपालिकाले दमक–८ का एक सय छ वर्षीय कुबेरबहादुर श्रेष्ठ, दमक–३ की एक सय छ वर्षीया नरमाया सोराली, दमक–१० की एक सय पाँच वर्षीया नर्वदा खनाल, दमक–७ की एक सय पाँच वर्षीया मीनादेवी कार्की र दमक–१ की १०१ वर्षीया चन्द्रमाया लावतीलाई सम्मान गरेको हो ।
नगरपालिकामा उपलब्ध तथ्याङ्कका आधारमा दमककै ज्येष्ठ नागरिक वर्षीय घिमिरेलाई नगर पिता घोषणासहित अन्य ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको नगर प्रमुख रामकुमार थापाले बताए । उनीहरूलाई पूर्वप्रमुख इन्द्रबहादुर बुढाथोकी, नगर प्रमुख थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँलगायतले जाडोमा उपयोगी न्यानो कपडा, पोषणयुक्त आहारसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर प्रमुख थापाका अनुसार नगरपालिकाले ९० वर्षमाथिका ज्येष्ठ र अपाङ्गता भएकालाई घरघरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले तीन/तीन महिनामा नियमित स्वास्थ्य जाँच गर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा कार्यपालिका सदस्य, वडाध्यक्ष, कर्मचारीलगायत सामाजिक, राजनीतिक व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा ‘खानेपानी बोर्ड’को आवश्यकता देखियो : उपाध्यक्ष डा. नेपाल
-
एकीकृत समाजवादी संसदीय दलको बैठक स्थगित
-
प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात, गृहमन्त्रीले गरे उद्घाटन
-
‘प्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणबारे अन्तर्राष्ट्रिय समितिलाई अनिवार्य जानकारी गराउनुपर्छ’
-
केहि दिनभित्रै कृषि ऐन कार्यान्वयनमा आउँछ : मन्त्री अधिकारी
-
प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिको ध्यानाकर्षण