शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ र काभ्रेबाट जुवातास खेल्ने १५ जना पक्राउ

बिहीबार, १२ पुस २०८०, १२ : १६
बिहीबार, १२ पुस २०८०

काठमाडौँ । काठमाडौँ र काभ्रेपलाञ्चोकबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।  बुधवार साँझ प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको हो । 

काठमाडौँ महानगरपालिका–१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जन समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै काभ्रेको पनौति नगरपालिका–४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २४ वर्षीय शान्तप्रसाद तिमिल्सिना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको

प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप