गाडी उत्पादन गर्ने कारखानामा कार्यरत इन्जिनियरमाथि रोबोटको आक्रमण
काठमाडौँ । अमेरिकाको टेक्सासमा एलन मस्कको कार कम्पनी ‘टेस्ला’को कारखाना छ । उक्त कारखानामा कार्यरत एक इन्जिनियरलाई सोही कारखानामा तैनाथ गरिएको एउटा रोबोटले हमला गरेको खबर प्रकाशमा आएको छ ।
सन् २०२१ मा भएको उक्त घटना हालै नियामक निकायमा गरिएको उजुरीपछि प्रकाशमा आएको हो । सन् २०२१ र २०२२ मा टेक्सास कारखानामा रोबोटसँग जोडिएको कुनै पनि त्यस प्रकारको घटना टेस्लाका तर्फबाट नियामक निकायलाई जानकारी गराइएको थिएन ।
समाचार एजेन्सीहरुका अनुसार पीडित इन्जिनियर अन्य दुई रोबोटको प्रोग्रामिङमा व्यस्त रहेको समयमा एउटा रोबोटले उनीमाथि हमला गरेको थियो । उक्त रोबोटलाई आल्मुनियम कारको हिस्सालाई समात्न डिजाइन गरिएको बताइन्छ ।
रोबोटको धातुको पञ्जाले ती कर्मचारीको ढाड र हातमा नराम्ररी घोचिएको थियो र रक्ताम्य बनाएको थियो । अन्य कर्मचारीहरुले आपतकालीन बटन थिचेर रोबोटलाई बन्द गरेको बताइएको छ ।
टेक्सासस्थित कारखानामा श्रमिकहरुको प्रतिनिधित्व गर्ने एक वकिलका अनुसार काम गरिरहेको समयमा हुने त्यस्ता दुर्घटना र क्षतिका घटना थोरैमात्र बाहिर आउने गरेको तथ्य श्रमिकहरुसँगको कुराकानीका क्रममा पत्ता लागेको हो । ती वकिलका अनुसार २८ सेप्टेम्बर २०२१ मा एक निर्माण श्रमिकको मृत्युसमेत यसमा सामेल छ । मृत्यु भएका श्रमिकको नाम एन्टेल्मो रामिरेज हो भने उनीको मृत्यु ‘हिट स्ट्रोक’ का कारण भएको उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण