‘आइएमई पे’ बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

काठमाडौँ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा गर्न लागेको कन्सर्टको टिकेटिङ पार्टनरान आइएमई पे चयन भएको छ ।
“हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य गरेको कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी – एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् । दर्शकले आइएमई पेबाट टिकट लिन सक्ने प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
-
डिभोर्स
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
-
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ