सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ
शुक्रबार, १३ पुस २०८०, ०७ : ०९
१

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
हिजो मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।
रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् । आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।
प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैन : प्रमुख सचेतक शाही
-
मेट गाला डेब्यूमा शाहरुख खानको ड्रेस गतिलो नभएको भनेर डिजाइनरसँग रिसाए फ्यान
-
‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरू
-
कान्समा डेब्यू गर्दै आलिया
-
नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल
-
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही