शनिबार, १९ जेठ २०८१
ताजा लोकप्रिय

आर्मीलाई हराउँदै सन्दीप लामिछाने नेतृत्वको पर्सा फाइनलमा

शुक्रबार, १३ पुस २०८०, १३ : ०२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । पर्सा क्लब–११ वीरगञ्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । वीरगञ्जस्थित नारायणी रंगशालामा शुक्रबार खेलिएको सेमिफाइनल खेलमा पर्सा–११ ले बलियो त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हरायो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पर्साले १९.४ ओभरमा अलआउट हुनुअघि ९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले भने १६.२ ओभरमा अलआउट हुनुअघि ६८ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको पर्साका लागि अनिल शाहले १५, समसाद मन्सुरीले १७, पवन सर्राफले ११ र रुपेश सिंहले १५ रन बनाए । आर्मी क्लबका बलर सोमपाल कामीले चार विकेट लिए । कुशल मल्लले पनि तीन विकेट हात पारे । साहब आलमले दुई र बिवेक यादबले एक विकेट लिए ।

जवाफी ब्याटिङ गरेको आर्मीलाई लक्ष्यसम्म पुग्न नदिन कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ३.२ ओभरमा केवल १३ रन खर्चिए । अनिल शाह, पवन सर्राफ र समसाद मन्सुरीले पनि दुई–दुई विकेट हात पारे । रंजित कुमारले एक विकेट लिए ।

आर्मी क्लबका लागि कुशल मल्लले १९ रन बनाए । बसिर अहमदले अविजित १० रन जोडे । आर्मीका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । उक्त खेलमा पर्सा–११ का समसाद मन्सुरी प्लेयर अफ दी म्याच घोषित भए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप