शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ४० अंकले घट्यो, १६ अर्ब ४० करोडको कारोबार !

मार्केट क्यापिटलाइजेशन ६२ अर्बले घट्यो
शुक्रबार, १३ पुस २०८०, १४ : १०
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । सेयर बजारका लागि यो साता त्यति उत्साहजनक रहेन । अघिल्लो साता ११४ अंकमाथिले नेप्से सूचक बढ्दै गर्दा यो साता ४० अंकले घट्न पुगेको छ ।  साताको आइतबार, बुधवार र बिहीबार तीन दिन खुलेको बजारमा नेप्से सूचक ४०.२ अंकले घट्दै २०६८.९० झरेको छ । अघिल्लो हप्ता यस्तो सूचक ११४ अंकले बढ्दै २१४१.८७ अंकमा पुगेको थियो ।

उसो त नेप्से सूचक घट्दै गर्दा यो साता कारोबार रकममा समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता जम्मा १६ अर्ब ४० करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जबकि अघिल्लो हप्ता ११४ अंकले नेप्से बढेको बजारमा ३० अर्ब ३६ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

साताको आइतबार, बुधवार र बिहीबार तीन दिन कारोबार भएको बजारमा क्रमशः ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ, ५ अर्ब १७ करोड ७० लाख रुपैयाँ र ४ अर्ब २५ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले जनाएको छ ।

मार्केट क्यापिटलाइजेशन ६२ अर्बले घट्यो

नेप्से सूचक र कारोबार घटेसँगै यो साता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत ६२ अर्ब रुपैयाँ बढीले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन ६२ अर्ब ४४ करोड ३० लाख रुपैयाँ घटेर ३२ खर्ब १३ अर्ब ८९ करोड ४० लाख रुपैयाँ कायम भएको छ । 

अघिल्लो हप्ता मार्केट क्यापिटलाइजेशन २ खर्बमाथिले बढ्दै ३२ खर्ब ७६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ कायम भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप