नेप्से सूचक ४० अंकले घट्यो, १६ अर्ब ४० करोडको कारोबार !
काठमाडौँ । सेयर बजारका लागि यो साता त्यति उत्साहजनक रहेन । अघिल्लो साता ११४ अंकमाथिले नेप्से सूचक बढ्दै गर्दा यो साता ४० अंकले घट्न पुगेको छ । साताको आइतबार, बुधवार र बिहीबार तीन दिन खुलेको बजारमा नेप्से सूचक ४०.२ अंकले घट्दै २०६८.९० झरेको छ । अघिल्लो हप्ता यस्तो सूचक ११४ अंकले बढ्दै २१४१.८७ अंकमा पुगेको थियो ।
उसो त नेप्से सूचक घट्दै गर्दा यो साता कारोबार रकममा समेत गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता जम्मा १६ अर्ब ४० करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । जबकि अघिल्लो हप्ता ११४ अंकले नेप्से बढेको बजारमा ३० अर्ब ३६ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको आइतबार, बुधवार र बिहीबार तीन दिन कारोबार भएको बजारमा क्रमशः ६ अर्ब ९८ करोड १६ लाख रुपैयाँ, ५ अर्ब १७ करोड ७० लाख रुपैयाँ र ४ अर्ब २५ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले जनाएको छ ।
मार्केट क्यापिटलाइजेशन ६२ अर्बले घट्यो
नेप्से सूचक र कारोबार घटेसँगै यो साता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत ६२ अर्ब रुपैयाँ बढीले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेशन ६२ अर्ब ४४ करोड ३० लाख रुपैयाँ घटेर ३२ खर्ब १३ अर्ब ८९ करोड ४० लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो हप्ता मार्केट क्यापिटलाइजेशन २ खर्बमाथिले बढ्दै ३२ खर्ब ७६ अर्ब ३३ करोड ७० लाख रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण