तनावपछि ईपीएस शाखाले भन्यो : धर्ना जुलुस नगरेर आफ्नो गन्तव्यमा जानुहोला
काठमाडौँ । ईपीएस कोरिया शाखाले धर्ना जुलुस जस्ता कार्य नगर्न अनुरोध गरेको छ । सीप बिल्डिङको परीक्षामा सहभागी भएकाहरूले कार्यालय वरपर उपस्थित भई धर्ना जुलुस जस्ता कार्य गर्दै आएको भन्दै त्यस्तो नगर्न भनेको हो ।
धर्ना जुलुस जस्ता कार्यहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो नगर्न र आफ्नो गन्तव्यमा जान अनुरोध गरेको हो ।
एक सूचना जारी गर्दै भनेको छ, 'तोकिएभन्दा बाहेकका सीप बिल्डिङ सेक्टरको परीक्षामा सहभागी परीक्षार्थीहरू यस ईपीएस कार्यालय परिसर वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू गरिरहेको हुँदा यस कार्यालयको ध्यानाकर्षण भएको छ । सो विषयको सम्बन्धमा यस कार्यालय वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू नगरिदिन हुन र आ–आफ्नो गन्तव्य तर्फ गई दिन हुन यस ईपीएस कार्यालय हार्दिक अनुरोध गरिन्छ ।’
उच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराइएको ईपीएस कार्यालयले जनाएको छ । बाँकीले फाराम भर्न नपाएपछि भएको आन्दोलनका क्रममा भएको झडपमा आज बालकुमारी क्षेत्रमा दुई जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण