गोदावरीका मेयरको घोषणा : दुना टपरी बिक्री नभए त्यसको जिम्मा नगरपालिकाले लिन्छ
शुक्रबार, १३ पुस २०८०, १७ : ०१

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीयस्तरमा उत्पादित दुना टपरीको बजारीकरण जिम्मा लिने घोषणा गरेका छन् ।
नगरपालिकाको ४ नं. वडामा शुक्रवार सम्पन्न दुना टपरी बनाउने तालिम सम्पन्नमा बोल्दे सो घोषणा गरेका हुन् ।
मेयर भट्टले भने, ‘स्थानीय स्तरमा पालिस्टिकरहित दुना टपरी बनाए पश्चात् बजारमा बिक्री वितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौँ। यदि अत्तरिया – धनगढी बजारमा उत्पादित दुना टपरी बिक्री वितरण हुन नसके गोदावरी नगरपालिकाले त्यसको बजारीकरण एवं ब्याबस्थापनको जिम्मा लिन्छ ।’