रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

कीएभ । युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।
हालका महिनाहरूमा कीएभको हवाई प्रतिरक्षामा ठुलो सुधार भएको छ, तर शुक्रबार तिनीहरूले पनि काम गर्न सकेनन्। वायुसेनाका प्रवक्ताले भने, ‘रुसले हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको छ, जसमा एक्स -२२ प्रकार पनि छ, जसलाई रोक्न गाह्रो छ। हामीले एकै पटक यति धेरै मिसाइलहरू प्रहार गरेको देखेका थिएनौँ,’ उनले थपे। वायुसेनाले १५८ मध्ये ११४ क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा डेब्यू गर्दैछन् दिलजित दोसांझ
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
९० को दशकसम्म नेतृत्व नछाड्ने ओली र प्रचण्डको सङ्केत
-
मेस्सी र स्वारेजको गोलसँगै इन्टर मियामीको सजिलो जित
-
को हुन् वारेन बफेटको अर्बौको साम्राज्य सम्हाल्ने ग्रेग एबेल ?
-
गीतकार अधिकारी 'इसा अन्तर्राष्ट्रिय अवार्ड'को टप २० मा छनौट