रुसद्वारा अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
कीएभ । युक्रेनसँगको युद्ध सुरु भए यता रुसले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो मिसाइल आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसले शुक्रबार बिहानैदेखि कीएभ, ओदेसा, निप्रोपेट्रोभस्क, खार्किभ र ल्भिभमा आक्रमण गर्दा १६० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
रसियाले आफ्नो भण्डारमा भएका लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेर घरहरू र प्रसूति अस्पताललाई लक्ष्य बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । युक्रेनको वायुसेनाले एकैपटक यति धेरै मिसाइल प्रक्षेपण गरेको कहिल्यै नदेखेको बताएको छ ।
हालका महिनाहरूमा कीएभको हवाई प्रतिरक्षामा ठुलो सुधार भएको छ, तर शुक्रबार तिनीहरूले पनि काम गर्न सकेनन्। वायुसेनाका प्रवक्ताले भने, ‘रुसले हाइपरसोनिक, क्रुज र ब्यालिस्टिक मिसाइलहरू प्रयोग गरेको छ, जसमा एक्स -२२ प्रकार पनि छ, जसलाई रोक्न गाह्रो छ। हामीले एकै पटक यति धेरै मिसाइलहरू प्रहार गरेको देखेका थिएनौँ,’ उनले थपे। वायुसेनाले १५८ मध्ये ११४ क्षेप्यास्त्र र ड्रोनहरू खसालेको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण