बङ्गलादेशमा पेसागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च
ढाका । बङ्गलादेशमा सन् २०२३ मा विभिन्न पेसागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकास मामिला हेर्ने एक संस्थाले जनाएको छ ।
बङ्गलादेश व्यावसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले ढाकामा पत्रकार सम्मेलन गरी तथ्याङ्क सार्वजनिक गरेको हो ।
मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तथ्याकअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।
कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिण्डर विस्फोट, हिंसा, कामदारमाथि हुने शारीरिक दुर्व्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।
तथ्याङ्कले २०१३ देखि चालु वर्षको डिसेम्बर २८ सम्म कम्तीमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ ।
संस्थाले पत्रपत्रिका, अनलाइन, टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट सङ्कलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण