बलियो बागमतीलाई हराउँदै सुदूरपश्चिम दोस्रो क्वालिफायरमा
काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको हो ।
इलिमिनेटर खेलमा पराजित भएपछि बागमती प्रदेश भने उपाधि होडबाट बाहिरिएको छ । सुदूरपश्चिम प्रदेशले अब दोस्रो क्वालिफायर खेलमा सोमबार कोशी प्रदेशको सामना गर्नेछ । दोस्रो क्वालिफायर खेलमा विजयी हुने टोलीले बुधबार हुने फाइनलमा उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आइतबार भएको इलिमिनेटर खेलमा टस जिती पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले १९ ओभरमा अलआउट हुनुअघि ९९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने १४.३ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका लागि ओपनर बिन्दू रावलले अविजित ५४ रनको योगदान गरिन् । उनले केवल ४९ बलको सामना गरी सात चौका पनि हिर्काइन् । अर्की ओपनर रुवि पोद्दार १८ रन बनाउँदै आउट भइन् । उनले २२ बलको सामना गरी दुई चौका हिर्काइन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सम्झना खड्का २१ रनमा अविजित रहिन् । उनले केवल १६ बलमा दुई चौका प्रहार गरिन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा सात रन मात्र पायो । बागमती प्रदेशकी बलर मनिषा उपाध्यायले एक विकेट लिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६ रन बनाएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कञ्चनले ४६ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् । सोनी पाख्रिनले पनि टोलीको खातामा १४ रन थपिन् ।
ओपनर हेलिसा गुरुङले १० रन जोडिन् । खुसी डङ्गोलले पनि १० रन बनाइन् । बागमती प्रदेशका अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बागमती प्रदेशले अतिरिक्त रूपमा पनि ११ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशकी बलर करिश्मा थापाले तीन विकेट लिइन् । उनले चार ओभरमा ३२ रन खर्चिएकी थिइन् । लक्ष्मी साउद र रितु कनौजियाले पनि दुई–दुई विकेट हात पारे । लक्ष्मीले चार ओभरमा १५ र रितुले चार ओभरमा १० रन खर्चिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण