आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘माग्ने बुढा’को कटाक्ष : गरिबका छोरा मरे, दोष अर्काको टाउकाेमा थोपरेको देखेर म चैँ जिल्ल परे

सोमबार, १६ पुस २०८०, १३ : ५१
सोमबार, १६ पुस २०८०

काठमाडौँ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’  समसामयिक विषयमा व्यङ्ग्य गर्न माहिर छन् । देशको राजनीतिक होस् वा सामाजिक विषय चित्त नबुझेपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने गर्छन् ।

यस्तै बालकुमारी घटनामा दोषी भनेर कारबाही गरिएको प्रति पनि उनले असन्तुष्टि राखेका छन् । उनले उक्त घटनामा दुई गरिबका छोरा मरेको र गरिबकै छोरा कारबाहीमा परेको भन्दै अर्काको टाउकोमा दोष थुपारेर ठुलो जिम्मेवारीमा बसेकाहरू उम्किएको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘दुई जना गरिबका छोरा मरे, दुई जना गरिबका छोरा निलम्बनमा परे ।  सबै दोष अर्काको टाउकामा थोपरेको देखेर म चैँ जिल्ल परे ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप