विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
मङ्गलबार, १७ पुस २०८०, ०८ : १६
मोरङ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
प्रदेशको मतदानस्थल विराटनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना भएको हो । नवस्थापित कार्यालयको निर्वाचन अधिकृत तथा जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलले शुभारम्भ गर्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सम्बद्ध सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता भएका १२ राजनीतिक दलका प्रतिनिधिहरुसँग चाँडै छलफल कार्यक्रम गरिने उनले बताए।
कोशी प्रदेशमा दुई स्थानका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७४ सहित तीन सय ६७ जनाले मतदान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन