‘अवस्था यस्तै रहे छिट्टै टेस्ट क्रिकेट सकिन्छ’
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान स्टिभ वाले टेस्ट क्रिकेटको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अवस्था यस्तै निराशाजनक रहे निकट भविष्यमै टेस्ट क्रिकेटको परम्परागत अस्तित्व समाप्त हुने धारणा पनि व्यक्त गरेका छन् ।
न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलाका लागि दक्षिण अफ्रिकाले आफ्नो टोलीको घोषणा गरेपछि निराश बनेका अस्ट्रेलियाका पूर्वकप्तान वाले यस्तो धारण ब्यक्त गरेका हुन् । निकट भविष्यमा हुने न्युजिल्यान्ड भ्रमणका लागि घोषित दक्षिण अफ्रिकी टोलीमा नयाँ र अनुभवहिन खेलाडीको वाहुल्य रहेको छ ।
न्युजिल्यान्ड भ्रमणका क्रममा दक्षिण अफ्रिकाले दुईवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । उक्त टेस्टका लागि घोषित दक्षिण अफ्रिकी टोलीका अधिकांश खेलाडीले यसअघि टेस्ट क्रिकेटको अनुभव नै गरेका थिएनन् ।
दक्षिण अफ्रिकाले निल ब्रान्डको कप्तानीमा टोलीको घोषणा गरेको हो । कप्तान बनाइएका निल ब्रान्ड आफैले पनि यसअघि टेस्ट क्रिकेट खेलेका छैनन् । दक्षिण अफ्रिकाका अधिकांश अनुभवी र नाम चलेका खेलाडीहरु विश्वभरका फ्रेन्चाइज प्रतियोगिताहरुमा ब्यस्त रहेकाले यस्तो स्थिति सृजना भएको समाचारमा जनाइउको छ ।
दक्षिण अफ्रिकाका अधिकांश सिनियर खेलाडीले फ्रेन्चाइज टी–२० प्रतियोगिता एसए टी–२० र इन्डियन प्रिमियर लिग (आईपीएल)सँग सम्झौता गरेका छन् । एसए टी–२० दक्षिण अफ्रिका क्रिकेट बोर्ड आफैले आयोजना गर्ने फ्रेन्चाइज प्रतियोगिता हो ।
एसए टी–२० प्रतियोगितासँग सम्झौता गर्ने खेलाडीले तत्काल टेस्ट क्रिकेट खेल्न पाउँदैनन् । पछिल्लो समय फ्रेन्चाइज क्रिकेटका कारण टेस्ट क्रिकेटको अवस्था निराशाजनक देखेपछि विरक्तिएका पूर्वकप्तान वाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नीतिको पनि चर्को आलोचना गरेका छन् ।
पूर्वकप्तान वाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आईसीसीसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र अन्य प्रभावशाली क्रिकेट बोर्डको पनि आलोचना गरेका छन् । वा अस्ट्रेलियालाई सन् १९९९ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीका कप्तान पनि हुन् ।
वाले प्रभावशाली क्रिकेट राष्ट्रका बोर्डहरुले एकदिवसीय र टेस्ट क्रिकेट खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउनुपर्ने पक्षमा पनि वकालत गरेका छन् । ‘टेस्ट क्रिकेटको भविष्य जोगाउन र टेस्ट क्रिकेटलाई मर्न नदिन आईसीसीले विशेष चासो देखाउने समय आइसकेको छ । आईसीसीमात्र होइन, विश्वभरका प्रभावशाली क्रिकेट बोर्डहरुको ध्यान पनि यसतर्फ जानु आवश्यक छ,’ उनले भनेका छन् ।
वाले आईसीसीसँगै भारत, इङ्ल्यान्ड, अस्ट्रेलियाजस्ता क्रिकेट बोर्डहरुको ध्यान तान्ने प्रयास गरेका हुन् । ‘ब्राडम्यान, ग्रेस, सोबर्सजस्ता महान हस्तीको विरासतमा उभिएको टेस्ट क्रिकेटलाई मर्न नदिनु हामी सबैको साझा दायित्व होइन र ?,’ अस्ट्रेलियाका पूर्वकप्तान वाले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण