बारले न्याय परिषद्का सदस्य श्रेष्ठलाई छलफलका लागि बोलायो
बुधबार, १८ पुस २०८०, १३ : ५०
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठलाई उच्च अदालतको न्यायाधीशको रोलक्रम फेरबदलका सम्बन्धमा छलफल गर्न बोलाएको छ । बुधवार एक सूचना जारी गर्दै एसोसिएसनले बिहीबार बिहान १० बजे श्रेष्ठलाई छलफलका लागि बोलाएको हो ।
सूचनामा उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा छलफल गर्नुपर्ने भएकोले छलफलमा बोलाइएको उल्लेख छ ।
एसोसिएसनले गत असोज १ गते नेपाल राजत्पत्रमा प्रकाशित न्यायपरिषदको सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्यायपरिषद नियमावली २०७४ को (पहिलो संशोधन २०८०) प्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरे र न्याय परिषद्का सदस्यहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण