सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बारले न्याय परिषद्का सदस्य श्रेष्ठलाई छलफलका लागि बोलायो

बुधबार, १८ पुस २०८०, १३ : ५०
बुधबार, १८ पुस २०८०

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्यायपरिषदका सदस्य रामप्रसाद श्रेष्ठलाई उच्च अदालतको न्यायाधीशको रोलक्रम फेरबदलका सम्बन्धमा छलफल गर्न बोलाएको छ । बुधवार एक सूचना जारी गर्दै एसोसिएसनले बिहीबार बिहान १० बजे श्रेष्ठलाई छलफलका लागि बोलाएको हो । 

सूचनामा उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रिया र न्याय परिषद्को समग्र काम, कारबाहीका विषयमा छलफल गर्नुपर्ने भएकोले छलफलमा बोलाइएको उल्लेख छ ।

एसोसिएसनले गत असोज १ गते नेपाल राजत्पत्रमा प्रकाशित न्यायपरिषदको सूचनाद्वारा सार्वजनिक गरिएको न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्यायपरिषद नियमावली २०७४ को (पहिलो संशोधन २०८०) प्रति आपत्ति जनाउँदै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद घिमिरे र न्याय परिषद्का सदस्यहरूलाई पटक पटक ध्यानाकर्षण गराउँदै आएको थियो । 

bar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप