बेलायतमा डाक्टरहरूले फेरि सुरु गरे हड्ताल
लन्डन । बुधवार बेलायतका अस्पतालहरूमा डाक्टरहरूले हड्ताल सुरु गरेका छन् । यो बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)को ७ दशकको इतिहासको सबैभन्दा लामो हड्ताल हुने बताइएको छ । परामर्शदाता भन्दा तल्लो तहका कनिष्ठ डाक्टरहरूले ६ दिनका लागि काम ठप्प गरेका छन् । बेलायत सरकारसँग तलब सुविधाबारे लामो समयदेखि चलिरहेको विवाद सल्टिनुको सट्टा बल्झिँदै गएपछि यो स्थिति उत्पन्न भएको हो ।
एनएचएसको लागि यो निकै व्यस्त समय हो । चिसोका कारण यतिबेला श्वासप्रश्वास र फोक्सोको संक्रमणसम्बन्धी बिरामीको चाप देशभरिका स्वास्थ्य संस्थामा बढेको हुन्छ । क्रिसमसअघि पनि डाक्टरहरूले तीन दिनको हड्ताल गरेका थिए । यो हड्तालमा कूल स्वास्थ्यकर्मीको आधा जति सहभागी भएको बताइएको छ । २०२४ को जनवरी एनएचएसको लागि अहिलेसम्मकै कठिन नयाँ वर्षको शुरुआत भएको बताइएको छ ।
जनवरी ३ को बिहान ७ बजे सुरु भएको हड्ताल जनवरी ९ मा सकिनेछ । सरकारसँग जारी वार्ता बिना निष्कर्ष टुङ्गिएपछि ब्रिटिस मेडिकल एसोसिएसनले डिसेम्बरमै बन्दको घोषणा गरेको थियो । मार्चयता बेलायतमा कनिष्ठ डाक्टरहरू कम्तिमा ७ पटक बन्द हड्तालमा उत्रिएका छन् । यो कदमको प्रधानमन्त्री ऋषि सुनक र अस्पताल व्यवस्थापन दुवैले आलोचना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण