भैरहवामा पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको ‘लञ्च मिटिङ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन् । रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्बिरसहित नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दिपकबहादुर सिंह देखिन्छन् ।
नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् ।
‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् ।
भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
-
मेसीको सानदार पुनरागमन: २-० ले पछि परेको अर्जेन्टिना २-२ को बराबरीमा
-
सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
-
अर्जेन्टिनाको कमब्याक प्रयास: रोमेरोले गोल गर्दै अन्तर घटाए
-
अर्जेन्टिनालाई अब खेलमा फर्किन कठिन, २ गोल खायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण