बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
फोटोफिचर

ए सरकार पानी दे ! (तस्बिरहरू)

बुधबार, १८ पुस २०८०, १६ : ४०
बुधबार, १८ पुस २०८०

ललितपुर । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।  काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘पानी मारा राजनीतिक पार्टी मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।  

सङ्घर्ष समितिले पौष २० गते पनि खानेपानीको माग गर्दै ललितपुरमा र्‍याली निकाल्ने जानकारी दिएको छ ।

khanepani-lalitpur-prasrasan (1)khanepani-lalitpur-prasrasan (2)khanepani-lalitpur-prasrasan (4)khanepani-lalitpur-prasrasan (5)khanepani-lalitpur-prasrasan (6)khanepani-lalitpur-prasrasan (7)khanepani-lalitpur-prasrasan (8)khanepani-lalitpur-prasrasan (10)khanepani-lalitpur-prasrasan (11)khanepani-lalitpur-prasrasan (12)khanepani-lalitpur-prasrasan (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप