मन्त्री साउद र जयशंकरबिच के–के भयो कुराकानी ?
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचमा आज भेटवार्ता भएको छ । नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आइपुगेका मन्त्री जयशंकर र परराष्ट्र मन्त्री साउद बिच भेटवार्ता भएको हो ।
दुई जना मन्त्रीको बिचमा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा कसरी पुर्याउने लगायतका विषयमा छलफल हुनुको साथै ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । मन्त्री जयशंकरसँग दुई देशको बिचमा कुराकानी गर्दा खुसी लागेको मन्त्री साउदले बताए ।
बैठकपछि आफ्नो सामाजिक सञ्जाल एक्समा छलफल भएको विषयलाई उल्लेख गर्दै मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् । उनले आफूहरू बिचको भेटघाट पछि सातै सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको र त्यसमा पनि ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापारलगायतको विषयमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण