मुक्तिनाथ विकास बैंक १८औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमसहित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १७ औँ वर्ष पार गरी १८औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमहरू गरेको छ । यसै अवसरमा बैंकले बृहत् रक्तदान, विभिन्न सामाजिक कार्यहरू र बैंकमा १० वर्ष भन्दा लामो समयसम्म कार्यरत १३५कर्मचारीहरूलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डा. महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई ग्रिन इनर्जी, वातवरण संरक्षण तथा प्लास्टिक रिसाईकलको लागि रु ५ लाखको आर्थिक सहयोगका गरेको छ । यसैगरी बैंकका क्षेत्रीयकार्यालय र केन्दीय कार्यालयमा सञ्चालित बृहत् रक्तदान कार्यक्रममार्फत १६६ युनिट रगतसंकलन गरेको छ ।
यस अवसरमा बैंकले देशका क्षेत्रीय तथा शाखा कार्यालयहरू मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, दृष्टिविहीन नागरिकहरूलाई सेतो छडी वितरण, अनाथालय, बालआस्रम तथा वृद्धा आस्रममा विभिन्न सामाग्री वितरण, फोहोर मैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताजस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरेको छ ।
साथै, बैंकका वर्तमान सञ्चालकहरू, पूर्व सञ्चालकहरू , संस्थापक सेयर धनी, तथा बैंकका उच्चपदाधीकारीहरु, शाखा प्रबन्धकहरूको उपस्थितिमा सञ्चालन भएको उक्त समारोहमा बैंकका अध्यक्ष भरत राज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण