सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा रेल ठोक्किँदा ४ जनाको मृत्यु, ३७ घाइते

शुक्रबार, २० पुस २०८०, २० : ३९
शुक्रबार, २० पुस २०८०

जकार्ता । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा शुक्रबार बिहान दुई वटा रेल एकापसमा ठोक्किँदा चार जनाको मृत्यु हुनाका साथै अन्य ३७ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम अन्टाराका अनुसार मारिनेहरूमा रेल चालक दलका चार जना सदस्य, एक जना चालक, एक जना सहायक चालक, एक जना भण्डारी र एक जना सुरक्षा अधिकारी रहेका छन् । दुई वटा रेलका  कुल ४७८ यात्रु दुर्घटनाबाट जोगिएका छन् । 

घाइतेहरूलाई तुरुन्तै अस्पताल लगिएको सिकालेङ्का जनरल अस्पतालका निर्देशक अक्माद हानापीले पत्रकारहरूलाई  जनाकारी दिनु भएको छ । घाइतेमध्ये २१ जनालाई सामान्य चोटपटक लागेको छ ।

इन्डोनेसियाको यातायात सुरक्षा समितिले घटनाको अनुसन्धान गर्नेछ ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप